काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूको भेलाले पार्टी नेतृत्वलाई दुईवटा सुझाव दिएको छ । मंगलबारको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर भदौभित्र महाधिवेशन सम्पन्न गर्न सुझाव दिएको छ । बैठकले त्यो सम्भव नभए मात्र विशेष महाधिवेशन जान सुझाव दिएको नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए ।
बैठले महाधिवेशनलाई विधान र संविधानले मात्र वैधानिकता दिनसक्ने निष्कर्ष निकालेको उनले बताए ।
“कांग्रेसको वैधानिकता पार्टीको विधान र संविधानले दिने हो । निर्वाचन आयोग वा अदालतले दिन सक्दैन,” उनले भने ।
आचार्यका अनुसार जिल्ला सभापतिहरूको बैठकमा ३८ जना सशरीर उपस्थित भएका थिए । १७ जना भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए ।