चितवन । पछिल्लो चौबिस घण्टामा चितवनमा थप ५१ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । चितवनमा हाल सङ्क्रमितको संख्या ९५० रहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा १५ जना ,खैरहनी नगरपालिकामा ११, रत्न नगरपालिकामा १७, राप्ती नगरपालिकामा २ जना थपिएका छन् भने अहिलेसम्म भरतपुर महानगरपालिकामा ६२० जना ,खैरहनी नगरपालिकामा ८७ ,माडि नगरपालिकामा १९ , रत्न नगरपालिकामा १४८ , राप्ती नगरपालिकामा ४६ , कालिका नगरपालिकामा २५, इच्छाकामना गाउँपालिकामा ५ जना रहेका छन् ।
त्यस्तै, ठेगाना नखुलेको १५५ जना र अन्य जिल्लाबाट थपिएका २८४ गरि जम्मा १३८९ जना रहेका छन् । हालसम्म जिल्लामा ६७९७ जनामा परिक्षण गरिएको छ ।