चितवन । चितवन जिल्लामा एकैदिन १२१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार २०७९ साउन १ यता अहिले सम्म १२९० जनामा डेंगु संक्रमण भएको छ । जसमध्ये चितवनका मात्रै ८६६ जना रहेका छन् भने अन्य जिल्लाबाट २६९ जना थपिएका छन् । त्यस्तै ठेगाना नखुलेको भने १५५ जना रहेको छन् ।
जिल्लामा सबैभन्दा बढि भरतपुर महानगरपालिकाका ५७२ जना रहेका छन् । त्यसैगरी खैरहनी नगरपालिकामा ७२, माडी नगरपालिकामा १९ ,रत्ननगर नगरपालिकामा १३१, राप्ती नगरपालिकामा ४३, कालिका नगरपालिकामा २४ र इच्छाकामना गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । चितवनका कुल संक्रमित मध्ये ५०१ पुरुष र ३६५ महिला रहेका छन् ।
त्यस्तै, हाल सम्म २ जनाको मृत्यु भएको छ । हालसम्म भने जिल्लामा ६१५१ जनाको डेंगु परिक्षण गरिएको छ ।