चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले पार्टीका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले झैं एमालेले पनि प्रदेश संगै संघीय सिटहरुमा उम्मेदवारी दर्ता गर्न लागेको हो ।
एमालेबाट चितवन ३ का लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका जिल्ला पार्टी अध्यक्ष न्यौपानेले नै टिकट पाएका छन् ।चितवन ३ अन्तरगत प्रदेशसभा (क) मा पूर्व सांसद कृष्ण भूर्तेल र (ख)मा महिला नेतृ सरस्वती बिष्टले टिकट पाएका छन् ।