चितवन। सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आज साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो वर्ष मात्रै दुई दर्जन बढीपटक पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।