चितवन। भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले देश बिकासमा युवाहरुको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । युवाहरु देश बिकासका मेरुदण्ड हुन उप प्रमुख अधिकारीले भन्नू भयो, परि आए युवाहरुले देशको बागडोर सम्हाल्न सक्ने छन ।
ज्योति युवा क्लब भरतपुर ८ गौरिगञ्जको २२ औ बार्षिक साधारणसभा तथा १२ औ अधिबेशनलाई आज शनिबार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले युवा बर्गहरु देशकै ज्योति भएको बताउनु भयो । युवाहरु बिना देशको बिकास असम्भव छ अधिकारीले भन्नू भयो, देश बिकास गर्ने युवाहरु उत्पादन गर्ने काम ज्योति युवा क्लबले गरेको छ ।
समाज रुपान्तरणमा युवाहरुको ठुलो भुमिका रहेको बताउदै उहाँले पछिल्लो समय टोल, वडा देखि नगर जिल्ला सम्मको नेतृत्वमा युवाहरुकै अग्रसरता रहेको पनि प्रष्ट पार्नु भयो ।
बिगतको कार्यकालमा वडा न ८ लाई उत्कृष्ट वडा बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै उहाँले वडा न ८ मेरा लागी हिजो पनि महत्त्वपूर्ण थियोे र आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको तर्क राख्नु भयो । उप प्रमुखले क्लबलाइ आबश्यक पर्ने जुनसुकै सहयोग गर्न महानगर तयार रहेको पनि प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा सस्थाका कोषाध्यक्ष तुलसीराम कडेलले आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन तथा सचिब उपेन्द्र रिजालले सस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष जिबनाथ कडेल, निबर्तमान वडा अध्यक्ष दामोदर न्यौपाने, नेपाल काङ्ग्रेस ८ का सभापति शोभाखर सापकोटा, नेकपा माओवादी केन्द्रका हरिलाल कडेल, नेकपा एमाले भरतपुर ८ का अध्यक्ष तिलक दर्लामी मगर लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
कार्यक्रममा सस्थाले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको युवा प्रतिभा पुरस्कार २०७९ बाट सामाजिक ब्यक्तित्व भुमिराज तिवारीलाई सम्मान गरेको छ । सस्थाले समाजमा उच्च योगदान पुर्याउदै आएका सामाजिक ब्यक्तिहरुलाइ २०६९ साल देखि युवा प्रतिभा पुरस्कार बाट सम्मान गर्दै आइरहेको छ ।
त्यस्तै कार्यक्रममा सस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहयोग पुर्याएका विभिन्न ब्यक्तिहरुलाइ पनि प्रशसा पत्र सहित सम्मान गरिएको हो । कार्यक्रम क्लबका अध्यक्ष बुद्धिसागर कडेलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।