चितवन। नेपाली कांग्रेसले चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री विश्व पौडेललाई टिकट दिएको छ। उनी योजना आयोगबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने भएका हुन्। चितवन १ मा कांग्रेसका अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि आकांक्षा राखे पनि उनी त्यहाँबाट आउट भएका छन्।
त्यस्तै, गठबन्धनबाट कांग्रेसकै भागमा परेको चिवतन २ मा राज्यमन्त्री उमेश श्रेष्ठलाई सभाापति शेरबहादुर देउवाले टिकट दिएका छन्। उनी देउवाका विश्वास पात्र हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नउठे पनि चिवतन ३ माओवादीकै भागमा परेको छ।
माओवादीले कसलाई उम्मेदवार बनाउँछ भन्ने टुंगो लागिसकेको छैन।