काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मंसिर ४ गते हुने निर्वाचनका लागि टिकट नपाउने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक तथा १० औं महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धी रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाउने भएका हुन् ।
अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत एकल सिफारिस गरेको थियो । १० बुँदेमार्फत् एमालेमा रहेकोभन्दै अध्यक्ष ओलीले प्रतिशोध साँधेर टिकट नदिएको रावल निकट नेता बताउँछन् ।
रावलको ठाउँमा झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने लगभग निश्चित भएको एमालेका एक शिर्षनेताले जानकारी दिए । माओवादी केन्द्र छोडेर आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्जसमेत हुन् ।
सो क्षेत्रबाट प्रदेशसभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाउने भएका छन् ।