चितवन । जिल्लामा एकैदिन ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार २०७९ साउन १ यता अहिले सम्म ८५४ जनामा डेंगु संक्रमण भएको छ । जसमध्ये चितवनका मात्रै ५४६ जना रहेका छन् भने अन्य जिल्लाबाट १९८ जना थपिएका छन् ।
जिल्लामा सबैभन्दा बढि भरतपुर महानगरपालिकाका ३५१ जना रहेका छन् । त्यसैगरी खैरहनी नगरपालिकामा ४९, माडी नगरपालिकामा १७ ,रत्ननगर नगरपालिकामा ७३, राप्ती नगरपालिकामा ३५, कालिका नगरपालिकामा १६ र इच्छाकामना गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । चितवनका कुल संक्रमित मध्ये ३१८ पुरुष र २२८ महिला रहेका छन् ।
त्यस्तै, हाल सम्म २ जनाको मृत्यु भएको छ । हालसम्म भने जिल्लामा ४७९९ जनाको डेंगु परिक्षण गरिएको छ ।