चितवन । चितवनमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । जिल्लामा एकैदिन ७६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार २०७९ साउन १ यता अहिले सम्म ८२१ जनामा डेंगु संक्रमण भएको छ । जसमध्ये चितवनका मात्रै ५२१ जना रहेका छन् ।
जिल्लामा सबैभन्दा बढि भरतपुर महानगरपालिकाका ३४६ जना रहेका छन् । त्यसैगरी खैरहनी नगरपालिकामा ४८, माडी नगरपालिकामा ९ ,रत्ननगर नगरपालिकामा ७२, राप्ती नगरपालिकामा २६, कालिका नगरपालिकामा १५ र इच्छाकामना गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । चितवनका कुल संक्रमित मध्ये ३०५ पुरुष र २१६ महिला रहेका छन् ।
त्यस्तै, अन्य जिल्लाबाट १८८ जना थपिएका छन् । हाल सम्म २ जनाको मृत्यु भएको छ । हालसम्म भने जिल्लामा ४६६१ जनाको डेंगु परिक्षण गरिएको छ ।