काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३ हजार २१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ८६६ नमूना पीसीआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ जनामा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। सो अवधिमा १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले बताएको छ। योसहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।
सो अवधिमा १ हजार ७२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ।
विगत २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौं जिल्लामा ५९३ जना, ललितपुर जिल्लामा १८९ जना र भक्तपुर जिल्लामा १२८ जना संक्रमित थपिएका हुन्।