चितवन । हिन्दुहरुको महान चार्ड दशैँ लागिसक्दा नारायणगढ बजारमा मानिसहरुको चलपहल बढेको छ । भिडभाडमा सबैको आ–आफ्नै चटारो देखिन्थ्यो ।
दिउँसो चार बजेको थियो । बजारमा निकै चहलपह देखेर म पनि त्यही भिडमा छिरिहालेँ । त्यहाँ केही मानिसहरु दशैँको मौका पारी किनमेल गर्न आएका थिए भने, केही व्यापार गर्न ।
त्यही भिडमा डोको बोकेर कम्मरमा बाँधेको हरियो पटुकीबाट मकैका फुला झिक्दै, चपाउँदै भिड छिचोल्दै हिँड्दै गरेकी एक वृद्ध भेटिइन् । पियाजी रङ्गको भेस्ट र हरियो रङगको लुङ्गिमा सजिएकी उनी निकै खुशी थिइन् । उनी थिइन् नवलपरासीको खेलादीकी ६४ वर्षीया फुलमाया आलेमगर ।
दशैँ खर्च जुटाउकै लागि उनी दुई घण्टाको बाटो पार गरी व्यापारका लागि नारायणगढ आउने गरेकी छन् । बिहानै देखिको खटान, दिनभर थाप्लोमा नाम्लो बोकेर बजार घुम्ने फुलमाया प्रतिकिलो १०० रुपैयाँमा अदुवा विक्री हुँदा पनि निकै नैखुशी छन् ।
फुलमाया अदुवाको व्यापारका लागी बजार आएकी थिइन् । दशैँको समयमा अदुवा सजिलै विक्री हुने भएका कारण नवलपरासीबाट विहान ७ बजे नारायणगढ आइपुग्ने उनी बताउँछिन् ।
दशैँ खर्च जुटाउकै लागि उनी दुई घण्टाको बाटो पार गरी व्यापारका लागि नारायणगढ आउने गरेकी छन् । अन्य सिजनमा सालका पात टिपेर बेच्ने फुलमायाले अहिले बजारमा दैनिक १५ देखि २० किलो अदुवा बेच्न पाउँदा खुशी छन् ।
बिहानै देखिको खटान, दिनभर थाप्लोमा नाम्लो बोकेर बजार घुम्ने फुलमाया प्रतिकिलो १०० रुपैयाँमा अदुवा विक्री हुँदा पनि निकै नैखुशी छन् । उनी भन्छिन्, ‘चाडवार्ड आयो, नुन तेल चाहियो । पाहुनापछा आउँछन् त्यसैले खर्च जुटाउनुपर्यो नि ! अरुबेला भन्दा व्यापार हुने सिजन पनि यही हो । अहिले व्यापार पनि राम्रो भएको छ ।’
फुलमायाले आफ्नै बारीमा अदुवा उत्पादन गरी आँफुले नै बजार पुर्याउने गरेकी छन् । स्थानीय बजारमा अदुवाको राम्रो मूल्य नपाइने र विचौलियालाई दिँदा लगानी समेत नउठ्ने भएका कारण अदुवा विक्रीका लागि बजार टाढा भएपनि आँफै आउने उनी बताउँछिन् ।