चितवन । निलम्बित सांसद रेशम चौधरीको दल ‘नागरिक उन्मुक्ति पार्टी’ले बिहीबार माडीको बघौंडामा जनजागरण कार्यक्रम गर्ने भएको छ ।
राजनैतिक जनजागरण अभियान अन्तरगत बिहीबार (भोली) माडी भिलेज रिसोर्ट बघौंडामा राजनैतिक जनजागरण तथा कार्यकर्ता भेटघाट गर्न लागिएको सो पार्टीका चितवन जिल्ला अध्यक्ष कौशिला चौधरीले जानकारी दिइन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय नेता एवं लुम्बिनी प्रदेश सचिव हिंकलाल चौधरी, केन्द्रीय नेता लक्ष्मण थारु र थारु गयिका अनु चौधरी लगायतको सहभागिता रहने अध्यक्ष चौधरीले बताइन् ।
पार्टीका मुख्य नेता रेशम चौधरी भने टीकापुर घटनामा दोषी ठहर भई हाल कैद भुक्तानका लागि डिल्लिबजार कारगारमा छन् । यसअघि जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।