चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप २२ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ यता अहिले सम्म कुल संक्रमित ३९० छन् । जसमध्ये २२६ पुरुष र १६४ महिला रहेका छन् । सबैभन्दा बढि भरतपुर महानगरपालिकामा २५५ रहेका छन् ।
त्यस्तै खैरहनी नगरपालिकामा ४१, माडी नगरपालिकामा ७ ,रत्ननगर नगरपालिकामा ५४, राप्ती नगरपालिकामा २१, कालिका नगरपालिकामा १० र इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित रहेका छन् ।
अन्य जिल्लाबाट १३४ जना थपिएका छन् । हाल सम्म २ जनाको मृत्यु भएको छ । हालसम्म भने जिल्लामा ३९१९ जनाको डेंगु परिक्षण गरिएको छ ।