चितवन । चितवनको सौराहाबाट यही असोज ११ गते घुमफिर वर्षको उद्घाटन हुने भएको छ ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले आज (आइतबार) पत्रकार सम्मेलन गरी ४३ औँ विश्व पर्यटन दिवसका अवसरमा सौराहबाट घुमफिर वर्षको सुरुवात गर्ने बताएको हो ।
उक्त दिन दिउँसो साढे १२ बजे दारेहात्ति चोकबाट र्याली निकाली गैँडा चोकमा पुगेर कार्यक्रमको उद्घाटन हुने भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजन्द्रप्रसाद पाण्डेले उक्त कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण थलिएका भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा ल्याउन तथा प्राकृति सम्पदा र विविध सांस्कृतिक परम्पराको प्रवद्र्धन गरी आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले आर्थिक वर्ष २०७९÷०८० लाई घुमफिर वर्षको रुपमा मनाइने मन्त्रालयका संस्कृति तथा वातावरण शाखा प्रमुख उत्तम चापागाइँले बताए ।
कार्यक्रममा पूर्वी चितवका सात पालिकाका प्रमुख÷उपप्रमुख, रत्नगर र खैरहनीका सम्पूर्ण वडाअध्यक्ष लगायत प्रदेश सरकारका सम्पूर्ण मन्त्री, सचिवको उपस्थित हुने चापागाइँले बताए ।