चितवन । चितवनमा आज थप १९ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ यता अहिले सम्म कुल संक्रमित ३६८ छन् । जसमध्ये २१२ पुरुष र १५६ महिला रहेका छन् । सबैभन्दा बढि भरतपुर महानगरपालिकामा २४६ रहेका छन् ।
त्यस्तै खैरहनी नगरपालिकामा ३८, माडी नगरपालिकामा ६ ,रत्ननगर नगरपालिकामा ४६, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १० र इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित रहेका छन् ।
अन्य जिल्लाबाट १३१ जना थपिएका छन् । हाल सम्म १ जनाको मृत्यु भएको छ । हालसम्म भने जिल्लामा ३७९१ जनाको डेंगु परिक्षण गरिएको छ ।