चितवन । नेपाली कांँग्रेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशनका टुंगो नलागेको बताएका छन । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसंँग कुरा गर्दै महामन्त्री कोइरालाले क्रियाशील सदस्यता टुंगो लागेपछि मंसीर सम्म महाधिवेशन हुने बताएका हुन् । ‘क्रियाशिल सदस्यता एकबर्ष अघि नसल्टाउनु हाम्रो कमजोरी हो , यो विवाद वडातहबाटनै हुंँदा समस्या भएको छ ।’
जहिले पनि अधिवेशन नजिकै आउंँदा क्रियाशीलको सदस्यता आउने गरेकोले जिल्ला सभापति , क्षेत्रीय सभापति , वडा सभापति बीच र अन्य पार्टीबाट आएका समायोजनका कुरा धेरै कुरा नमिल्दा महाधिवेशन निश्चित नभएको उनको भनाई थियो । ‘मपनि सभापतिको उम्मेदवारी हो, अरुपनि धेरै छन । महाधिवेशन छिटो भन्दा छिटो होस भन्ने हो । ।’ उनले भने ।