चितवन। चितवन प्रहरीले हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको छ ।
भरतपुर महानगरपालिका ११ का विश्वास गुरुङको हराएको ना ५३ प ४०९६ नम्बरको पल्सर मोटरसाइकलफेला पारेर बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गुरुङले गत भाद्र ६ गते मोटरसाइकल हराएको भनी प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजतलासको क्रममा मोटरसाइकल फेला पारी आज धनीलाई बुझाईएको हो ।