चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले यमबहादुर परियारलाई ‘इन्द्रजित’ बनाउन पार्टीले ठूलो लगानी गरेको बताएकी छन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनको १० औँ जिल्ला भेलालाई सम्बोधन गर्दै दाहालले केही दिनअघि नेकपा माओवादी पार्टी परित्याग गरेका गरी एमाले प्रवेश गरेका परियारलाई यहाँसम्म पुर्याउन पार्टीले कुनै कसरत बाँकी नराखेको बताएकी हुन्।
माओवादीको लामो समय जिल्लाको नेतृत्व सम्हालेका परियार परिवर्तनको विरोधी पार्टीको कित्तामा पुग्दा आश्चार्य लागेको उनको भनाइ छ । उनले भनिन्, ‘ पार्टीले प्रदेश सांसद र समानुपातिक सांसदको लागि सिफारिस गरेपनि ठूलो प्रलोभनमा परेर निर्वाचनअघि पार्टी परित्याग गर्नुभएको हो। विगतमा पनि पार्टी परित्याग गरी अन्य पार्टीमा गएपनि पुनः पुरानै पार्टीमा फर्किएर आउनु भएको थियो। अहिले पनि त्यो नहोला भन्न सकिन्न।’
त्यस्तै, मंसिर ४ गते हुने संघिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ३० हजार बढी भारी मतले विजयी गराउने गरी मैदानमा उत्रन महिला कार्यकर्तालाई आग्रह गरिन् । चितवनवासीको माग अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचित हुनु होस् भन्ने रहेकाले महिलाहरु चुनावीमोर्चामा अगाडि बढ्नुपर्ने धाराणा व्यक्त गरिन्।