काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले विगतमा जस्तै यस वर्ष पनि आउदै गरेको दशैँ तिहारलाई लक्षित गर्दै यामाहा कम्पनीले विभिन्न योजना सार्वजनिक गरेको छ । यामाहा कम्पनीको कुनै पनि बाईक तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई तत्कालै ६ हजार नगद उपहार पाउनेछन् ।
कम्पनीको अनु्सार ‘फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाईक तथा स्कुटर किन्दा तत्काल ६ हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यामाहाले दशैंतिहार, छट पर्व र फिफा विश्वकप २०२२ लाई समेत लक्षित गर्दै लक्की ड्र मार्फत हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्ने कपनीले जनाएको छ ।
यामाहा कम्पनीको बाईक तथा स्कुटर किन्न चाहाले ग्राहकलाई अब पहिलाको जस्तो धेरै समय लगाएर लामो प्रक्रिया पुर्याउन पर्ने छैन । ग्राहकले आवश्यक कागजपत्र देखाएर ३० मिनेटमै वित्तीय प्रक्रिया पुरा गरी यामाहाको बाईक तथा स्कुटर खरिद गरि लैजान सक्नेछन् ।