काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार पार्न कार्यदल गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको हो । सो कार्यदलले समानुपातिक सूची बनाएर भोली बिहान बस्ने बैठकमा पेश गर्ने सचिव गणेश साहले जानकारी दिए ।
आजको बैठकमा एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा पनि छलफल भएको छ ।