चितवन । माडी क्याम्पस र आन्दोलनरत बिप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बिच चारबुँदे सहमती भएसंगै क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला खुलेको छ ।
चारबुँदे सहमतीको पहिलो बुँदामा आउँदो असोज २४ गते क्याम्पस सभा आयोजना गरी नयाँ सञ्चालक समिति गठन गर्ने रहेको छ ।त्यस्तै दोश्रो बुँदामा २०७३ सालको धनधान्याचल महायज्ञका बोलचन्दा एवं दानस्वरूप बोलिएको जग्गा तीन महिनाभित्र उठाउन तत्कालै सुचना जारी गर्ने र सो अवधीमा बाँकी रहेका व्यक्तिहरुको नाम सार्वजनिक गर्ने रहेको छ ।
सहमतीको तेश्रो बुँदामा क्याम्पसको आन्तरिक एवं बाह्य लेखापरीक्षण प्रतिवेदन आउँदो क्याम्पस सभाभित्र सम्पन्न गरी सार्वजनिक गर्ने अभिलिखित छ ।
चौथो बुँदामा माडी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई क्याम्पसको बिधानको दफा २७ को उपदफा ३ संग बाझिने गरी गरिएका सबै खाले स्थायी नियुक्ति बदर गर्ने रहेको छ ।
बिधानको सो दफामा ‘माडी क्याम्पससंग समानान्तर अन्य संस्थाहरुसंग समय नबाझिने गरी विषयगत आवश्यकताका आधारमा पूणर्कालिन तथा स्थायी गर्न सकिने’ उल्लेखित रहेको क्याम्पस प्रमुख नेत्र प्रसाद गौतमले बताउनुभयो ।स्वदेश एफएमको सहयोगमा