काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू भएको छ ।
प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।
प्राधिकरणको एमडीएमएस लागु भएसँगै भदौ ३० गतेपछि नेपाल भित्रिएका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने भएको छ । आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ ।
यस्तै मोबाइल आयातकर्ता र विक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।