चितवन । रत्ननगर वडा नं ४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय देवौलीका विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ । लायन्स क्लव अफ रत्ननगर समृद्धिले ५८औं राष्ट्रिय वाल दिबसको अबसरमा सो विद्यालयका २७० जना विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।
क्लवकी अध्यक्ष बिन्दु घिमिरेले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको बताए । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा क्लवकी अध्यक्ष घिमिरे र कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लवका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले पोसाक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी राजेन्द्र गौतम, डिष्ट्रिक एजेकेटिक को चिफ दीपेन्द्र खतिवडा, लायन्स क्लवका अगुवाहरु योगेन्द्रनाथ अधिकारी,ओमलाल सापकोटा, निरज श्रेष्ठ, सुरेशचन्द्र आचार्य, कृष्णलाल श्रेष्ठ, अनु शर्मा बोहरा,सम्झना घिमिरे, लक्ष्मी कर्माचार्य, सामाजिक व्यक्तित्व रुपनराज घिमिरे लगायतको सहभागिता रहेको थियो ।