चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधीसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट पार्टीका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेलाई एकल सिफारिस गरेको छ ।
निर्माण व्यवसायी पृष्ठभूमिका नेता पाण्डेलाई आज राप्रपा चितवनले जिल्लाको क्षेत्र नं. ३ मा एकल उम्मेदवारी सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, प्रदेश सभा अन्तरगत प्रत्यक्षतर्फ चितवन क्षेत्र नं ३ क मा युवा नेता एवं पार्टीका बागमती प्रदेश सदस्य गिरीबहादुर तामाङ (ज्ञानुजंग लामा) र क्षेत्र नं. ३ ख बाट पार्टीका महिला नेतृ एवं वागमती प्रदेश सभा सदस्य रीना गुरुङलाई एकल सिफारिस गरिएको राप्रपा चितवनले जनाएको छ ।
राप्रपा चितवन क्षेत्र नं. ३ बाट बिक्रम पाण्डे उम्मेदवारको लागि सिफारिस
राप्रपा चितवन क्षेत्र नं. ३ बाट बिक्रम पाण्डे उम्मेदवारको लागि सिफारिस
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु