काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कालो ढुसीको उपचारमा प्रयोग हुने ३ हजार ५ सय भएल ‘एम्फोटेरिसिन बी’ औषधि सहयोग पठाएको छ । डब्लूएचओले पठाएको उक्त औषधि आइतबार नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
उक्त औषधि म्यकुरमाइकोसिस लगायत अन्य कालो ढुसीका बिरामीको उपचारमा प्रयोग गरिने डा. पौडेलले बताए । कोभिड महामारीपछि भारतले यो औषधि निर्यातमा रोक लगाउँदा नेपालमा कालो ढुसीका बिरामीहरुमा वैकल्पिक औषधि प्रयोग हुँदै आएको थियो ।
विश्वबजारमा निकै महंगो रहेको यो औषधि नेपाललाई विश्व स्वास्थ्य संगठनले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।