चितवन। नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक पुनरुत्थानका लागि चालु पूँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७९ उद्योगी व्यवसायीको हित बिरुद्ध भएको बताएका छन् । उद्योग संघ चितवनले आज यहाँ आयोजना गरेको आर्थिक पुनरुत्थानका लागि चालु पूँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७९ को प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले राष्ट्रबैंकले ल्याएको मार्गदर्शन ठिक भए पनि समय अहिले उचित नभएको बताएका हुन ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले अहिलेको मार्गदर्शनले अर्थतन्त्रलाई असर पर्ने हो की भन्ने चिन्ता बढेको बताउनुभयो । उहाँले भन्नुभयो “यो मार्गदर्शन ठूला व्यवसायीलाई लक्षित गरेर ल्याईएको हो की भन्ने लाग्यको छ । साना असिमित व्यवसायीहरुलाई यसले अफ्ठ्यारोमा पारेको छ ।” यसले बैंकर्शहरुको संरक्षण मात्रै गर्ने उहाँको भनाई थियो ।
उद्योग संघ चितवनका अध्यक्ष त्रीलोचन कंडेलले व्यवसायीहरुलाई राज्यले अपराधिको रुपमा हेर्ने गरेको आरोप लगाउनु भयो । कोरोनाले थला परेको व्यवसाय क्षेत्रलाई अझै कस्दै लैजानु भनेको राज्यले अपराधिको रुपमा हेर्ने गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिले मिटर व्याजी भनेको नै बैंकर्शहरु भएका छन् ।” बैंकहरुले व्यवसायीमाथि बिश्वास नगरेको उहाँको आरोप थियो । हरेक तीन तीन महनिामा व्याज दर बढाउँदा व्यवसायीहरु मारमा परेको उहाँको भनाई थियो ।
उद्योग संघ चितवनका पूर्ब अध्यक्ष राजु पौडेलले व्यवसायीहरुलाई जताबाट पनि निचोर्न खोजिएको बताउनुभयो । अहिले उद्यमशिलता मर्ने अबस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण अहिले यो मार्गदर्शन ल्याउने समय हो की हौइन बिचार गर्नुपर्ने थियो ।”व्यवसायी तारा पौडेलले अहिलेको मार्गदर्शन बैंकहरुको फाईदाका लागि ल्याईएको अरोप लगाउनु भयो । यसले गर्दा अर्थतन्त्रमा खेलवाड भएको भन्दै उहाँले व्यवसायीको हितमा काम गर्न बैंकहरुलाई नियमन गर्नुपर्ने उहाँको भनाई थियो । कोरोनाका कारण व्यवसायीहरु धरासाही भएको भन्दै उहाँले मार्गदर्शन प्रती व्यवसायीहरुको अशस्तुष्टि रहेको बताउनुभयो ।
सो अबसरमा बोल्दै राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन बिभागका निर्देशक किरण पण्डितले कामको प्रकृति अनुसार कर्जा प्रबाह नभएकाले यो मार्गदर्शन ल्याउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो “कर्जाको सहि सदुपयोग हुन नसक्दा सममस्या आएको छ ।” कर्जा लिने र त्यसलाई पुरा गर्न पुनः अर्को कर्जा लिने गरेकाले कडाई गर्न थालिएको उहाँले बताउनुभयो । कम्पनीलाई दिईने कर्जा भन्दा व्यक्तिलाई दिइने कर्जा बढी भएको उहाँको भनाई थियो ।