चितवन। उर्जामन्त्री पम्फा भूषालले नेपाल सरकारले वंगलादेशलाई विद्युत निर्यातको लागि तयारी गरिरहेको बताउनु भएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहांँले यही बर्ष बंगलादेशलाई विद्युत निर्यात गरिने बताउनुभएको हो । हाल नेपालले भारतमा बिजुली बिक्रि गर्दै आएको छ ।
उहाँले भन्नुभयो “हामीले अहिले सम्म भारतमा मात्रै बिद्युत निर्यात गरेका छौं । अब बंगलादेश पनि निर्यात हुदैछ ।” जलबिद्युत उत्पादनमा साझेदारी गर्न सहमती भएको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो “यहि वर्षबाट ५० मेघावाट बिद्युत बंगलादेश जान्छ ।” उर्जालाई उत्पादनको माध्यम बनाउने भन्दै मन्त्री भूषालले गरिबीको रेखा मुनी रहेका जनतालाई निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार घरायासी प्रयोजनाका लागि मूल्य घटाईएको छ भने कृषि र सिचाईमा ७५ प्रतिशत महशुल घटाईएको छ ।
फरक प्रसंगमा उहांँले गठबन्धनको सीटको बिषय आज बेलुका सम्म टुंग्याउने बताउनु भयो । शुक्रबार टुङ्गिने भनिएको गठवन्धनको सिट बाँडफाँड प्राविधिक हिसाबले समस्या भएको बताउँदै उहांँले भन्नुभयो, “गठबन्धनका नेताहरु बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुङ्गिन्छ ।” माओवादी केन्द्रको आगामी निर्वाचनमा ६० सीट भन्दा माथि दाबी रहेको उहांँले बताउनु भयो । गठबन्धनको कुरा हो तलमाथि हुन पनि सक्ने उहाँले बताउनुभयो ।