चितवन। आत्महत्या रोकथामका लागि सडक नाटक प्रस्तुत गरिएको छ । चितवन मेडिकल कलेजमा जनस्वास्थ्य तेस्रो वर्ष अध्ययनरत बिद्यार्थीहरुले भरतपुरको चौबिसकोठीमा सडक नाटक प्रस्तुत गरेका हुन् ।
बिश्व आत्महत्या दुरुत्साहन दिबसको अबसरमा आयोजित सडक नाटक बालबालिका कसरी आत्महत्या गर्न प्रेरित हुन्छन भन्ने बिषय केन्द्रित रहेको थियो । बालबालिकालाई अभिभावकको मायाँ नहुँदा र उनीहरुको भावना बुझ्न नसक्दा आत्महत्या गर्न केन्द्रित हुने सो नाटकमा झल्काईएको थियो । कलाकारहरुले घर परिवार, साथीभाई र शिक्षकहरुले बेवास्था गर्दा बालबालिका आत्महत्या गर्न लाग्ने गरेको जानकारी दिईएको थियो ।
कक्षा १० मा अध्ययन गर्दै आएकी एक युवतीको घरमा घटेको घटनालाई कथालाई नाटकका रुपमा प्रस्तुत गरिएको थियो । अस्मिता पढाईमा अबल्ल हुने भए पनि बाबा आमाको दिनहुको झगडा, बुबा दिनहु जस्तो काममा व्यस्थ रहने र आमाले पनि बेवास्था गर्ने गरेको, उनि प्रतिको व्यवास्थाले गर्दा उनमा मानसीक असर पर्दै जाँदा युवती आत्महत्या गर्ने सम्मको योजना बनाएर आत्महत्याका लागि तयार भएको नाटकमा प्रस्तुत गरिएको थियो ।
परिवारबाट मायाँ र आफ्ना भावनाको सुनुवाई नभए पछि साथिहरुले समेत उनको कुरा सुन्न नखोजे पछि बालबालिका आत्महत्या गर्न पुग्ने सो नाटकमा प्रस्तुत गरिएको थियो । सडक नाटकको आत्महत्याका घटनाहरु रोक्नका लागि घरबाटनै पहल कदमी हुनु पर्ने मुल सार रहेको थियो ।सडक नाटक अघि चितवन मेडिकल कलेजबाट चौबिसकोठी सम्म ¥यालि निकालिएको थियो ।