चितवन । माडी नगरपालिकाले प्रस्तावित वडा नं. १० हनुमानझुलामा सञ्चालन हुनेगरी एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
नगरपालिकाका कार्यबाहक नगर प्रमुख खेम प्रसाद महतो र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले वडा सदस्य मोहन स्याङ्गतान मार्फत आधारभूत स्वास्थ्य सेवा केन्द्र, हनुमानझुलालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरित एम्बुलेन्सले शुक्रबारदेखि हनुमानझुलामा रहेर सेवा सुरु गरेको छ । यस अघि माडी नगरपालिकाको कार्यपालिकाको बैठकले हनुमानझुला लक्षित एम्बुलेन्स सेवा प्रदान गर्ने निणर्य गरेको थियो ।
हनुमानझुला क्षेत्रमा एम्बुलेन्स नहुँदा स्थानीयबासीहरुलाई समयमै स्वास्थ्य उपचार पाउन समस्या रहँदै आएको थियो । एम्बुलेन्सको अभावमा स्वास्थ्यजन्य गम्भीर जटिलताहरु ब्यहोर्दै आएका हनुमानझुलाबासीहरुले यसअघि हरेक घरधुरीबाट रकम उठाई एम्बुलेन्स किन्ने पहल समेत गरेका थिए ।स्वदेश एफएमको सहयोगमा