चितवन । चितवन मेडिकल कलेजमा कोरोना संक्रणबाट आज एकैदिन चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका दुई र मकवानपुरका दुई बिरामीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
यस्तै विभिन्न अस्पतालमा अहिले २०८ जना बिरामीले उपचार गराइरहेका छन् । जसमा ३२ जना चितवन मेडिकल कलेजमा, १६ जना पुरानो मेडिकल कलेजमा र भरतपुर अस्पतालमा २४ जना गरी ७६ जना आईसीयूमा उपचार गराइरहेका छन् । त्यसैगरी भेन्टिलेटरमा १९ जना, एचडीयूमा ५२ जना र सामान्य बेडमा ८० जना रहेका छन् ।