चितवन । आज विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोथामका लागि नेपालसहित विश्वर प्रत्येक वर्ष १० सेम्टेम्वरमा विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाउने गरिन्छ ।
वर्षेनी आत्महत्या रोकथामका लागि सचेतनामुलक कार्यक्रम गरिएपनि नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या रोकथाम हुन सकेको छैन । विश्वभर नै यसको चुनौती बढ्दै गएको छ ।
नेपालको जनसंख्याको हिसाबले तेस्रो ठूलो जिल्ला भनेर चिनिने चितवनमा पनि आत्महत्या रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको एक तथ्यांक अनुसार जिल्लामा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।
चितवन प्रहरीका अनुसार जिल्लामा तीन वर्षमा ६ सय १० जनाले आत्महत्या गरेका छन् । जसमध्ये आत्महत्या गर्ने सबैभन्दा बढी पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्ममा ३ सय ७९ जना पुरुष, २ सय ३० महिला र पहिचान नखुलेका एक जना गरि कुल ६ सय १० जनाले आत्महत्या गरी ज्यान गुमाएका छन् ।
चितवन प्रहरीका अनुसार जिल्लामा तीन वर्षमा ६ सय १० जनाले आत्महत्या गरेका छन् । जसमध्ये आत्महत्या गर्ने सबैभन्दा बढी पुरुष रहेका छन् ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा ६० जना महिला, १ सय १६ जना पुरुष र पहिचान नखुलेका एक जनाले आत्महत्या गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ७९ महिला, १ सय ४० पुरुष र २०७८/०७९ मा ९१ पुरुष र १ सय २२ महिलाले आत्महत्या गरेका छन् ।
प्रहरी नायव उपरीक्षक पण्डितका अनुसार अधिकांश नदिमा हाम फालेर, झुण्डिएर र विष सेवन तथा मानसिक रोगका कारण आत्महत्या गरेकोे उनी बताउँछन् । उनी भन्छन्, आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । प्रारम्भिक अनुसन्धान अनुसार मनसिक तनाव, व्यक्तिगत असफलता, प्रविधिको दुरुपयोग, किशोर किशोरीमा बढ्दो निराशा, घरेलु तथा सामाजिक उत्पिडन, असफल प्रेम सम्वन्धपका कारण क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छन् ।’
चुनौतिपूर्ण बन्दै आत्महत्या रोकथाम
जिल्लामा आत्महत्या रोकथाम चुनौतीपूर्ण बन्दै गएको प्रहरी नायव उपरीक्षक पण्डित बताउँछन् । आत्महत्या रोकथामका लागि प्रहरी कार्यालयले पनि बेलाबेलामा सचेतना फैलाउँदै आएको छ । तर पनि समाजमा आत्महत्या आफैँमा अपराध हो भन्ने चतना फैलन सकेको छैन् । जिल्लामा आत्महत्या रोकथाम हुन कठिन भएको भन्दै अझै बढ्न सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘तत्कालको परिस्थिती र एकैछिनको निर्णयले गर्दा हुने घटना भएको हुँदा हामिले जतिनै प्रयास गर्दा पनि आत्महत्या गर्नेको संख्या घट्न सकेको छैन् ।’
स्थानीयस्तरका सामुदायिक संघसस्थाहरु र गैरसरकारी संस्थाहरुलाई पनि आत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरुको क्षमता अभिबृद्धि गर्न सके त्यस्ता संघसंस्थाहरु मार्फत आत्महत्याको रोकथाममा थप सहयोग पुग्ने उनको भनाइ छ ।