सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११, चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।
यही साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन् ।
बिरामीमध्ये तीनजनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ । अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन् ।
‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबैजना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस