काठमाडौं । महाकालीको तुईन घटनाको बिषयमा भारतप्रति चार कम्युनिष्ट पाटी आक्रोशित भएका छन । विभिन्न चारवटा कम्युनिस्ट पार्टीले दार्चुलाको मालाघाट तुइन घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेका हुन् ।
विभिन्न चारवटा कम्युनिस्ट पार्टीले दार्चुलाको मालाघाट तुइन घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले शनिबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् संयुक्त विज्ञप्ति जारी गर्दै ती पार्टीले हिजो दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी भारतको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुइन तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पांगनतिरको तुइन फुत्काउँदा नदीमा खसेर हालसम्म बेपत्ता भएको जनाएका छन् ।
“यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नांगो षडयन्त्र र हस्तक्षेप हो । यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शीघ्रातिशीघ्र कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौँ, विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ ।
उक्त घटना हेपाहा र षडयन्त्रमूलक भएको भन्दै उनीहरुले आम नेपाली जनतालाई यसको डटेर प्रतिरोध गर्न आह्वान गरेका छन् ।
“यथाशक्य घटनाको वास्तविकता नेपाली जनताको बीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न ढिला गरियो भने हामी चार पार्टी जनसंघर्षमा जान बाध्य हुनेछौँ,” विज्ञप्तिमा उल्लेख छ ।