काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई निर्विरोध दलको नेता चयन गरेको वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
पार्टीको संघीय परिषद्का अध्यक्षसमेत रहेका डा. बाबुराम भट्टराईले यादवलाई दलको नेतामा प्रस्ताव गरेका थिए भने नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए । बैठकमा २१ सांसदको उपस्थिति रहेको जनाइएको छ ।