चितवन । नेकपा माओवादी केन्द्रले चितवनमा धमाधम प्रतिनिधि सभा तथा प्रदेश सभाको उमेदवारको लागि नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ को लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक मतले सिफारिस भइसकेका छन्।
यस्तै क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा समानुपातिक सांसदका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बस्नेत, माओवादी नेताहरु रणेन्द्र बराली, डा बुद्धि नेपाली र खेम दर्जी सिफारिस भएका छन् ।
यस्तै प्रदेश ३ क को प्रत्यक्षमा अञ्जान कुमारी तिमल्सिना, ऋषि न्यौपाने र प्रकाश कँडेल सिफारिस भएका छन् । यस्तै प्रदेश ३ ख को प्रत्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्य सुवेदी पथिक, यमबहादुर परियार, ठाकुर ढकाल तथा नेकपा माओवादी केन्द्र चितवन जिल्लाका सचिव द्रोणबाबु शिवाकोटी र माडी नगर अध्यक्ष प्रभू महतो, गोपाल न्यौपाने र सुमन बराल सिफारिस भएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट भने युवा नेता रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस भएको छ । अधिकारी चितवन जिल्ला संयोजक हुन् । चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठकले अधिकारीसहित निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरेको हो ।
यस्तै चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटीको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभा प्रदेश २ को समानुपातिकमा विष्णु कोईराला, धर्मेन्द्र वन, उत्तम गुरुङ, सरिता गुरुङ, अप्सरा पौडेल, सविता लामा, कुल बहादुर विक, जानकी काफ्ले, नविन विसी र रत्नलाल शर्मा सिफारिस भएका छन् ।
यस्तै प्रदेश ख को समानुपातिकमा नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका अध्यक्ष ईश्वर सापकोटा सुमन, पवित्रा रिजाल र करणबहादुर आग्री सिफारिस भएका छन् ।