चितवन । चेपाङ समुदायको न्वागी (छोनाम) पर्वको अवसरमा भदौ २२ गते चितवनमा सार्वजनिक बिदा दिइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी चेपाङ बाहुल्य भएका जिल्ला चितवन, मकवानपुर र धादिङ जिल्लामा भदौ २२ गते न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।