काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि सामाजिक सञ्जालमा गालीगलौज गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् ।
बिहीबार बिहान उनले फेसबुकमार्फत् गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिँदै भनेका छन्- ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’
मेयर साम्पाङले यसपछि अर्को स्टाटस लेख्दै लोकतन्त्रमा विरोध गर्न पाइने तर, तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई नभएकाे पनि बताएका छन् । यसले उनकाे आफनै स्टाटसको बचाउ गर्दछ ।
पछिल्लोसमय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीको निरन्तर विरोध गरिरहेका मेयर साम्पाङको लोकप्रिय खस्कनुका साथै सामाजिक सञ्जालमा गालीगलौज गर्नेको ओइरो लाग्ने गर्दछ ।