चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा नेपाली कांग्रेसबाट ५ जना नेताले उमेदवारमा दावी गरेका छन् ।
पार्टीको क्षेत्रीय समितिमा पाँच जना नेताले आफ्नो उमेदवारीको लागि निवेदन दिएका छन् । जसमा दुई जना केन्द्रीय सदस्यसमेत रहेका छन् । केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले चितवन ३ बाट उमेदवारी दावी गरेका छन् ।
यस्तै पूर्वसांसद रामकृष्ण घिमिरे, तारा पौडेल र विजय शर्मा भूसालले पनि उमेदवारीको लागि निवेदन दिएका छन् ।