चितवन । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नं १ को आकांक्षीको सूचीमा नाम दर्ता गराएका छन् । श्रेष्ठ चितवन क्षेत्र नम्बर २ निवासी हुन् ।
क्षेत्र नम्बर २ बाट उठ्ने तयारी गरेका श्रेष्ठ अचानक क्षेत्र नं १ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षीको सूचीमा नाम दर्ता गराए । उनले चितवन क्षेत्र नं २ मा पनि आफ्नो नाम दर्ता गराउने बताएका छन् ।
उनले भने, ‘मेरो दावी चितवन १ र २ दुबै ठाउँमा हुन्छ, तर पार्टीले कुन जुनकुनै क्षेत्रमा टिकट दिए पनि लड्न तयार हुन्छु । नदिए पनि अर्कोलाई जिताउन लाग्नेछु ।’ चितवन क्षेत्र नम्बर २ को आकांक्षीको सूचीमा नाम दर्ता गराउने उनले बताए ।