काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै सोही अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २७ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ । यसैगरी, शुक्रवार १ हजार ८१६ जना निको भएसँगै हालसम्म ६ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।