चितवन । नेकपा माओवादी केन्द्रले चितवनमा चुनावी कमाण्डर तोकेको छ । ललितपुरको धोबीघाटस्थित एक पार्टी प्यालेसमा आइतबार बसेको माओवादी बागमती प्रदेशको विस्तारित बैठकले पार्टीका चितवन जिल्ला ईञ्चार्ज एवं भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रचण्डको चुनावी कमाण्डर तोकेको हो ।
माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधीसभामा प्रत्यक्षतर्फ प्रचण्ड निर्वाचनमा उठ्न लागेसंगै चुनावी कमाण्डर चयन गरेको हो ।
त्यस्तै, चितवन क्षेत्र नम्बर-१ को कमाण्डर कञ्चन खनाल र २ को कमाण्डरमा घनश्याम दाहाल अविनाश चयन भएका छन् । खनाल र दाहाल दुवै बागमती प्रदेशसभा सदस्य हुन् ।