चितवन । भरतपुर ५ विकास चोकनजिकै भित्री सडक खण्डमा कार र अटो एकापसमा ठक्कर खाँदा आठ जना घाइते भएका छन् ।
भरतपुरबाट गीतानगरतर्फ आउँदै गरेको ग ३ च ३९२२ नं को कार र विपरीत दिसाबाट जाँदै गरेको ना २ ह ४६५ नं को अटो एकापसमा ठक्कर खाँदा आठ जना घाइते भएका हुन् ।
अटो चालक भरतपुर २१ पार्वतीपुरका ४० वर्षका मनराज गुरुङ, अटोमा सवार रुपन्देहीकी ३० वर्षकी बिमला गुरुङ, सोही ठाउँका वर्ष ४ को आयुश शाही, नवलपुर देवचुली १४ बस्ने वर्ष १५ कि रमिता गुरुङ, वर्ष ६ कि सरुजा सिँजाली मगर, वर्ष १४ की सरोज सिँजाली मगर घाइते भएका छन् ।
कारमा सवार कास्की पोखरा ४ बस्ने वर्ष ४५ कि सीता गुरुङ सोही कारमा सवार पोखरा १० बस्ने वर्ष ३४ कि शशी थापा सामान्य घाइते भएका छन् । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।