जब तिम्रो आखाँ हेर्छु
सारा संसार देख्छु
तिम्रो माया ले हो कि ?
भ्रम त होइन भन्ने सोच्छु ।
पिडा तप तप आशु बन्दैछन्
अनुहारका छालाहरु धर्सा बन्दैछन्
आँखा मुनिको डिल कालो – कालो
कपाल भित्र भित्र फुल्न थालेछन् ।
एउटा सिङ्गो सपना जगजगाउदो छ
हजारौ प्रहारमा पनि ठडिएको छ
धरति तिमी –धरति
जहाँ अभिनयका सयौं नाटक खोलिएको छ ।
दर्द लुकाएर मुस्कान छोडछन् ओठहरु
आशु चुहाएर श्वास फेर्छन आखाँहरु
थिलो थिलो शरीर कुद्छ ईन्जिन सरी
तर, पनि तिमी थाक्दीनौ सपना छ भरी भरी !!