चितवन । भरतपुर अस्पतालमा ज्वरोका बिरामी बढेका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले ज्वरोका बिरामी बढेको जानकारी दिए । उनका अनुसार भरतपुर अस्पतालमा दैनिक आउने एक हजार पाँच सय बिरामीमध्ये पाँच सय मेडिसिन विभागका हुन्छन्, मेडिसिनमा आउने पाँच सयमध्ये २०० बिरामी ज्वरोका छन् ।
ज्वरो आएका मध्ये ५० जनालाई कोरोनाको लक्ष्यण देखिएर परीक्षणका लागि पठाउने गरिएको उनले बताए । पछिल्लो समय भरतपुर अस्पतालमा रुघाखोकी, ज्वरो, डेँगु, स्क्रफटाइफसका बिरामी अस्पताल आउन थालेका छन् । कतिपयलाई जापानिज इन्सेफ्लाइटिसको लक्षण देखिएपछि परीक्षणका लागि पठाइएको छ ।