चितवन। उद्योग वाणिज्य संघ चितवनमा एक दिने विक्रयकला तथा बजारीकरण सम्बन्धी तालिम भएको छ । उवासंघ र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सो तालिम भएको हो । फेन्सी व्यवसायीहरुलाई लक्षित गरि आयोजित तालिममा व्यवसाय प्रवर्द्धनका साथसाथै बजारीकरणको अवस्था र विक्री गर्ने कला सम्बन्धी तालिम दिईएको हो ।
कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले अहिलेको बजारमा विश्वव्यापीकरणले ल्याएको परिर्वतन अनुसार विक्रेताहरुलाई बस्तु विक्री गर्ने कला सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको बताए । अध्यक्ष श्रेष्ठले बजारमा व्यवसायिक सञ्जाल बढी हुनेको व्यवसाय पनि राम्रो हुने बताए । यसका लागि सूचना प्रविधिसँग जोडिनुका साथै क्रेतालाइ सन्तुष्ट गराउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका प्रमुख मध्यस्थकर्ता एवम् कन्टेन्निएल कलेज टोरन्टो क्यानडाका प्राध्यापक डा. तुलसी धरेलले सेल्स, मार्केटिङ, व्यापारमा मार्केटिङको आवश्यकता, ग्राहक सन्तुष्टिको आवश्यकता लगायतका बिषयमा प्रस्तुति दिएका थिए ।