चितवन। भरतपुर महानगरपालिका ११ गणेस्थान चोकबाट १२ जुवाडे पक्राउ परेका छन् । प्रहरीले आज बिहान ३:४० बजे गणेशस्थान चोकस्थित सुदिप भण्डारीको घरमा जुवा खेली रहेका १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर ११ का २६ वर्षीय सुमन भण्डारी, सोही स्थानका २७ वर्षीय किरण लोप्चन, २९ वर्षीय राजेश विक, २६ वर्षीय धन बहादुर बराल, २० वर्षीय सुदिप भण्डारी, ४६ वर्षीय दिपक श्रेष्ठ र २६ वर्षीय करण गुरुङ रहेका छन् ।
यस्तै भरतपुर २६ का ४० वर्षीय ईश्वर महत्तो, भरतपुर २० का ४१ वर्षीय दिनेश दवाडी, भरतपुर १४ का ५८ वर्षीय सुरेशचन्द्र न्यौपाने, भरतपुर १२ का ४४ वर्षीय सालिकराम रेग्मी र गोरखा भचेकका ३५ वर्षीय बिष्णुबहादुर भण्डारी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुको साथबाट नगद तीन लाख नौं हजार ७६० रुपैयाँसहित ३२ थान कौडा र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनबाट दिन १० म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जानकारी दिएको छ ।