चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल बुद्धिजीवी सङ्गठनको माडी नगर अध्यक्षमा भागिरथ बस्याल चयन भएका छन् ।
माडी क्याम्पस, बसन्तपुरको सभाहलमा शनिवार सम्पन्न प्रथम नगर भेलाबाट बस्यालको अध्यक्षतामा २९ सदस्यीय नगर कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा क्षेत्र प्रसाद देवकोटा, अनुप तिवारी र प्रमिला महतो रहेका छन् ।
त्यस्तै, सचिवमा डा. कृष्ण महतो तथा सहसचिवहरुमा चीरञ्जीवि तिवारी, मणिराम परियार र कौशिला सुवेदी रहेका छन् ।
समितिको कोषाध्यक्षमा टिकाराम पौडेल तथा सदस्यहरुमा तुल बहादुर नेपाली, वीरेन्द्र महतो, छबि पौडेल, मोती अधिकारी, लेखराम महतो, रामु पौडेल, डिल्लिराम पौडेल, ओमप्रकश महतो लगायत रहेका छन् ।