चितवन । चितवनका नेपाली काँग्रेसका नेता पृथ्वीमान गुरुङ गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका छन् ।
सरकारले आज गण्डकी प्रदेशकी प्रमुख चितवनकी सीता पौडेललाई हटाएर चितवनकै गुरुङलाई प्रमुख बनाउने सिफारिस गरेको हो ।
भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नेपाली काँग्रेस चितवनका पूर्व सभापति समेत भइसकका छन भने । नवलपरासी जिल्लामा एकपटक सुकुम्बासी आयोगका अध्यक्ष समेत भईसकेका हुन् । हाल उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन् ।
गुरुङले वि।सं।२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत गरेका थिए । नेता गुरुङ चितवनको शालिन र भद्र, बौद्धिक तर निर्भिक तथा हक्की स्वभावका नेताको रुपमा चिनिन्छन् ।