चितवन । नेकपा एमालेका नेता भीम आचार्यले राज्यको स्थायी पर्यटन नीति हुनुपर्ने बताएका छन् । आज शुक्रबार चितवनको सौराहामा भएको नेकपा एमालेको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागको कार्यशला गोष्ठीमा उनले जति मन्त्री आए पनि आआफनो ढंगले अगि बढ्ने गरेको भन्दै राज्यको स्थायी पर्यटन नीति हुनुपर्ने बताएका हुन् ।
नेता आचार्यले पहिले पर्यटक मन्त्रालयको बारेमा मानिसहरु त्यति जानकार नभएको बताए । उनले भने, ‘पहिले पर्यटक मन्त्रालय भन्नाले घुमघाम गर्नेमात्र बुझथेँ, खासै जानकार हुन्नथ्यो ।’
आचार्यले पर्यटनको विकासका लागि राज्यले बजेट निकै न्यून दिएको बताएका छन् । ‘राज्यले पर्यटनको प्रवद्र्धन र विकासका लागि धेरैभन्दा धेरै बजेट दिनुपर्छ अनिमात्र पर्यटनको विकास हुन्छ, त्यसपछि राष्ट्रको विकास हुन्छ’ उनले भने ।
पर्यटनले मात्र नेपालको आर्थिक विकास सम्भव रहेको आचार्यको भनाइ छ । उनले पर्यटनसम्बन्धी अझै नियम, कानुन र नीति गतिलो नभएको बताउँदै जुनसुकै मन्त्री आए पनि नीति एकातिर छोडेर एकएक वटा कान्लातिर कुद्ने गर्छन् भन्दै कटाक्ष गरे । उनले सबैलाई एकताबद्ध बनेर काम गर्ने नीति आवश्यक रहेको बताए ।
नेता आचार्यले पर्यटनको मूल र स्थायी नीति भएमात्र सबै एउटै दिशामा जान सजिलो हुने जिकिर गरे । उनले भने, ‘पर्यटनको स्थायी राष्ट्रिय नीति हुन आवश्यक छ । स्थायी नीति भएको खण्डमा मात्र पर्यटनको विकास हुन्छ । हिजोको राजनीतिक परिस्थिति निकै कठिन थियो । तर अहिले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको छ । तर, पर्यटक नीति बन्न सकेको छैन ।
नेता आचार्यले पर्यटनको मूल र स्थायी नीति भएमात्र सबै एउटै दिशामा जान सजिलो हुने जिकिर गरे । उनले भने, ‘पर्यटनको स्थायी राष्ट्रिय नीति हुन आवश्यक छ । स्थायी नीति भएको खण्डमा मात्र पर्यटनको विकास हुन्छ । हिजोको राजनीतिक परिस्थिति निकै कठिन थियो । तर अहिले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको छ । तर, पर्यटक नीति बन्न सकेको छैन । मन्त्रीहरु जति आउँछन् आ–आफ्नो एजेण्डा बोकेर आउँछन् । आ–आफ्नै बाटोमा कुद्छन् । सबैलाई समेटेर आफ्नो मार्ग प्रष्ट बनाउनुपर्छ । आफ्नो व्यक्तिगत नीति होइन राज्यको नीति बनाएर अघि बढ्नुपर्छ ।’
उनका अनुसार कोभिडअघि वार्षिक ११ लाख पर्यटक नेपाल घुम्न आउँथे । कोभिडपछि दुईदेखि चारलाख मात्र आइरहेका छन् । हामीभन्दा साना राष्ट्र जहाँ समुन्द्रबाहेक केही छैन । त्यहाँ ५० लाखभन्दा माथि पर्यटक जान्छन् । हामीसँग हिमाल छ, पर्वत छ, ताल तलाउ, जङ्गललगायत साहसिक खेल खेल्न प्रशस्त ठाउँ भएको आचार्यले बताए । उनले भने, ‘हामीसँग पूरातात्विकदेखि हिमालसम्म छ । तर त्यसलाई प्रचार गर्ने राज्यको नीति छैन । नीति बनाउने पहलसम्म पनि भएका छैनन् । अनि कसरी पर्यटक बढ्छन् ? आचार्यले प्रश्न गरे ।’
स्थानीय तहमा पर्यटक सम्बन्धि के छ ? त्यसलाई पहिचान गरी नगर प्रमुखहरु एउटा स्थायी नीति लिएर अघि बढे मात्र पर्यटकको संख्यामा वृद्धि हुने आचार्यको भनाइ छ । उनले भने, ‘कोभिडले सबैभन्दा बढी मार परेको क्षेत्र पर्यटन हो, हामीले राज्यले केही गरेन भनेर गुनासो मात्र गर्छौ । अब गुनासो गर्न छोडेर त्यसको समाधानतिर लाग्नुपर्छ ।’
उनले भने, ‘ठूला होटल व्यवसायले होमस्टे खारेज गर्नुपर्छ भन्नुहुन्छ, फेरि साना होमस्टेहरुको छुट्टै गुनासो छ । पर्यटन व्यवसायीबिच नै खटपट छ । त्यसको समाधान गर्नुपर्छ । तर कसरी गर्ने ? नीति नै छैन ।’
सबैलाई स्वीकार्य हु्ने नीति बनाएर देशको प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरी त्यसको प्रवद्र्धनतर्फ लाग्ने हो भने पर्यटन सम्बधी समस्या धेरै समाधान हुने आचार्यको जिकिर छ ।